एजेन्सी ।  शाहरुख खानको चलचित्र जीरो रिलीजअघि नै विवादमा तानिएको छ । दिल्ली अकाली दलका विधायक मन्जिदर सिंह सिरसाले शाहरुख खानसहित चलचित्र यूनिटका विरुद्ध उजुरी दर्ता गरेका छन् ।

उनले चलचित्र ‘जीरो’ले सिख धर्मावलम्बीहरुको भावनामा ठेस पुगाएको आरोप लगाएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार ‘जीरो’ चलचित्रका विरुद्ध विधायकले आफैले उजुरी दर्ता गराएको जानकारी दिएका हुन् ।

जीरोको एक पोस्टरमा किंग खानले कृपाण समातेका छन् । यो पोस्टरप्रति दिल्ली सिख गुरुद्वारा प्रबन्धक समिति र सिख संगठनको आपत्ति छ ।

‘पोस्टरमा शाहरुख गञ्जीमा छन् । उनले घाटीमा रुपैयाँको माला लगाएका छन् र उनको हातमा कृपाण छ । कृपाणलाई अपमान गरेर यसरी समात्नु र प्रयोग गरेका कारण सिख समाज रिसाएको छ, विधायकले भनेका छन् ।

आनन्द एल रायको निर्देशनमा तयार भएको चलचित्र जीरोको ट्रेलर केहीदिनअघि रिलीज भएको थियो ।

Comments

comments