मेलबर्न । अष्ट्रेलियाको सबैभन्दा पुरानो नेपाली फुटबल लिग जीएनसी कप सिड्नीमा सुरु भएको छ ।

२० औं संस्करणको यो प्रतियोगितामा २१ वटा फुटबल क्लबको सहभागिता रहेका छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा अतिथिको रुपमा वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य सहभागी थिए । उनले लामो ईतिहास बोकेको गोर्खा नेप्लीज कम्युनिटी कप फुटबलमा सहभागी हुन पाउनु खुशीको कुरा भएको बताए । प्रतियोगिताले अष्ट्रेलियामा नेपालीको ईतिहासलाई समेत प्रतिबिम्बित गर्ने कलाकार आचार्यले धारणा राखे ।

प्रतियोगितामा सिनियरतर्फ १२ टिम सहभागी छन् भने जुनियरतर्फ ९ टिमले सहभागिता जनाएका छन् । यस्तै भेट्रानतर्फका ६ टिमको सहभागिता रहनेछन् । हरेक आईतबार प्रतियोगिताका खेलहरु हुनेछन् भने १६ सातामा फाईनल खेल आयोजना गरिनेछ ।

गत आइतवार भएको प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन युथ क्लबमाथि सेन्ट जर्ज फ्रेन्डस क्लबले शानदार जीत हासिल गर्यो । फ्रेन्ड्स क्लबले हिमालयन युथ क्लबलाई शून्यका विरुद्ध ७ गोलले पराजित गरेको थियो । यस्तै सुरुवातकै दिन भएका अन्य खेलमा सेन्ट जर्ज नेप्लीज क्लब, सगरमाथा फुटबल क्लब, बेनी फुटबल क्लब र सेन्ट जर्ज फ्रेन्डस फुटबल क्लब विजयी बन्दै अंक तालिकामा तीन तीनको अग्रता लिन सफल भए । प्रतियोगितामा फेवा फुटबल क्ल बर दि ब्रिगेड क्लब एक एक बराबरीमा, माछापुच्छ्रे फुटबल क्लब र वेष्ट युनाईटेड फुटबल क्लबले दुई दुई गोलको बराबरी खेलेर अंक बाँडेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments