मेलबर्न । कम्प्युटर साइन्स सम्बन्धि अध्ययन गरेका विद्यार्थीहरुको लागि अष्ट्रेलियामा राम्रो अवसर रहेको छ । कम्प्युटर इन्जिनियर, आइ.टि इन्जिनियर, आइ.टि विज्ञ लगायतको टोलिहरुको सबैजसो कार्यालयमा आवश्यकता हुन्छ । त्यसैले अर्थतन्त्रलाई बलियो बनाउन उद्ध्योग व्यवसायलाई बढाउँदै लगेको अष्ट्रेलियामा कम्प्युटर क्षेत्रमा अझ धेरै अवसरहरु सिर्जना हुने देखिन्छ ।

अष्ट्रेलियामा कम्प्युटर साइन्स क्षेत्रमा काम गर्नको लागि कम्पुटरसंग सम्बन्धित चार वर्षे पढाई पूरा गर्नुपर्ने हुन्छ । यसको साथै यी सीप तथा ज्ञान हुनु आवश्यक छ :

– गणितमा विशेष दख्खल
– अत्यन्तै छिटो डाटा ह्यान्डल गर्न सक्ने क्षमता
– सिर्जनात्मक क्षमता
– लगातार केन्द्रित रहेर काम गर्न सक्ने
– शान्त र धैर्य गर्न सक्ने क्षमता

यस कामको लागि अन्तर्वार्तामा जाँदा विशेष गरि सिर्जनात्मक क्षमता, प्रश्नलाई ह्यान्डल गर्न सक्ने क्षमता, धैर्यता आदिको बारेमा जांच गर्ने उद्देश्यले प्रश्नहरु सोधिन्छन् ।

कम्प्युटर साइन्स क्षेत्रमा पाइने केही काम यस प्रकार छन् :

Frameworks Administrator
Programming Developer
Specialized Support and IT
Web Development
Computer Hardware Engineer

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments