राज र राज थ्री जस्ता हरर फिल्ममा सफलता हात पारेकी बिपाशा बसु फिल्म आत्मा र क्रिएचर थ्रीडीमा भने खासै सफलता हात पार्न सकिनन ।

यद्यपी फेरी उनले अन्य हरर फिल्ममा काम गर्न भने नछोड्ने भएकी छन् । उनले अलोन संभावित शिर्षकमा उनले काम गर्ने भएकी छन् । यो फिल्म उनको लागि की वार की पारको स्थीतिमा रहेको छ ।  यदी पछिल्लो तीन चार फिल्ममा जस्तो यो फिल्म पनि फ्लप भएमा उनले फिल्म उद्योगबाट हात धुने अबस्था आउन सक्छ । त्यसैलेपनि बिपाशा यस फिल्मलाई सफल बनाउनको लागि निकै कसरत गरीरहेकी छन् । यो २००७ मा थाईल्याण्डमा यहि नामको हिन्दी रिमेक हो । यो जन्मेदेखिनै शरीर जोडिएको दुई बहीनीको कथा हो । बिपाशाले यस फिल्ममा जमेर अंग प्रदर्शन गर्नेछिन् । यसअघि २००३ मा रिलिज भएको फिल्म जिस्ममा उनले अंग प्रदर्शन गरेकी थिईन ।

आगामि फिल्ममा उनको अंदाज अझ कामुक हुने बताइएको छ । यस फिल्मको निर्देशन भुषण कुमारले गर्ने भएका छन् । करण सिंह ग्रोबरले बिपाशाको साथ दिने भएका छन् ।

Please follow and like us:

Comments