काठमाडौं । नेपाली महान पर्व दशैं बिदा भैसकेको छ भने अब तिहारको रौनक छाउँदै छ । झिलिमीली बत्ति, सयपत्री र मखमली फूल, भाइटिका संगै तिहारको परिचय संग सेलरोटी पनि जोडिन्छ ।

सेलरोटी नेपाली भान्सामा धेरैजसो बन्ने गर्छ । तर तिहारमा यसलाई विशेष परिकार मानिन्छ।  सेलरोटी बिनाको तिहार अधुरो मानिन्छ । सेलरोटी बच्चा देखि वृद्धसम्मको प्रिय परिकार हो । सेलरोटी बनाउनको लागि हेर्दा गाह्रो लागेपनि सजिलो विधिद्वारा पनि बनाउन सकिन्छ ।

आवश्यक सामग्री

चामल, चिनी, घ्यु  तेल

विधि

चामललाई एक रातभरि भिजाउनुपर्छ र अर्को दिन पिस्नुपर्छ । सेलरोटीको लागि थोरै खस्रो पीठो राम्रो मानिन्छ ।

चामलको पीठोमा घ्यु र चिनी हालेर राम्रोसंग माड्नुपर्छ ।

त्यसपछि तातो पानी थोरै थोरै राख्दै सेलरोटीको लागि पीठो तयार गर्नुपर्छ । पीठो धेरै पातलो या धेरै बाक्लो हुनु हुँदैन ।

अब एउटा भाँडोमा तेल तताउनुपर्छ ।

एउटा पानीको बोतललाई बीचबाट काटेर त्यसमा पीठो भरेर तेल तातेपछि सेलरोटी पकाउन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments