काठमाडौं । सत्तारुढ पार्टीको चियापानमा भाग लिन रक्षामन्त्री ईश्वर पोखरेल शानिबार कलैया पुग्नुभयो । नेपाली सेनाको हेलिकोप्टर चढेर । त्यतिले मात्र पुगेन जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता नै स्थगित भयो ।

पार्टीको कार्यक्रममा मन्त्री पोखरेल पुगेपछि शनिबारका दुई खेल समेत स्थगित भएका छन् । मन्त्रीकै आगमनका कारण फाइनल खेल समेत तिहारपछि सर्यो यो खबर नयाँपत्रिकामा छ । हेलिकोप्टर बसाइने अन्य ठाउँ हुँदाहुँदै क्रिकेट मैदानमै बसाइयो , पिचपनि भत्कियो, अब मर्मत नगरी खेल्न मिल्दैन आयोजक बारा एनप्याब्सनका अध्यक्ष प्रभुलालप्रसाद कुसवाहले बताउनुभयो ।

रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्व निर्धारित तालिका समेत बिग्रीएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments