काठमाडौं । तयारी थालेको आठ वर्षपछि सरकारले नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने थालेको छ । तिहारलगत्तै पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत उच्चपदस्थ निजामती कर्मचारीलाई बायोमेट्रिक विवरणसहित चिप प्रविधिको परिचयपत्र वितरण गर्ने लागेको हो । अन्तिम परिक्षण सफल भएपछि बिहीबारदेखि छाप्न सुरु भएको परिचयपत्र यही महिनाको अन्तिमदेखि बाँड्न सकिने गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दीपक काफ्लेले बताउनु भयो ।

परिचयपत्रमा दशै औलाको औँठाछाप हुनेछ । कार्यकारी निर्देशक काफ्ले भन्नुभयो मेसिन रिडएबल प्रविधिको यस्तो काडमा सबै व्यक्तिगत विवरण रहनेछ । परिचयपत्रमा स्थायी ठेगाना, जन्ममिति, आमाबाबु, हजुरबा, श्रीमान–श्रीमतीको नाम  पनि हुने काफ्लले जानकारी दिनुभएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments