काठमाडौं । नेपाली हिन्दुहरुको दोस्रो महान चाड मानिने तिहार नजिकिएको छ । तिहारमा दिदी बहिनीहरुले दाजुभाइलाई टिका लगाइदिएपछि मीठा परिकारहरु दिने गर्छन्  । ती मीठा परिकारमा विशेष गरि रोटीहरु हुन्छन् । ती रोटी मध्ये फिनी रोटी पनि पर्छ ।

फिनी रोटी बनाउन आवश्यक सामग्री

मैदा, चामलको पीठो, घ्यु, तेल

विधि

सुरुमा मैदालाई राम्रोसंग मुछ्नुपर्छ ।

मैदा राम्रोसंग मुछिसकेपछि केही छिन छोपेर राख्नुपर्छ ।

एउटा सानो भाँडामा चामलको पीठो राख्नुपर्छ र त्यसमा घ्यु राखेर मुछ्नुपर्छ ।

अघि मुछेको मैदालाई ठूलो आकारमा लिएर बेल्नुपर्छ ।

अब त्यसमा चामलको पीठो लगाएर फर्काउनुपर्छ ।

त्यसपछि सानो सानो टुक्रा गरेर काट्नुपर्छ ।

अब फिनी आकारमा बेलेपछि तेलमा पकाउन सकिन्छ ।

Comments

comments