काठमाडौं । भीमदत्त नगरपालिका –२ की १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ । यस अवधिमा कञ्चनपुर प्रहरी प्रशासनले नेतृत्व परिवर्तन र विभिन्न छानबिन समिति गठन गर्यो।

न्यायका लागि चौतर्फी दबाब बढिरहँदा पनि सरकार हत्यारा पत्ता लगाउन सफल हुन सकेको छैन्। अनुसन्धानमा सही प्रमाण नष्ट गरेको र निर्दोषलाई दोषी करार गर्न यातना दिएको आरोप खेपिरहेको प्रहरीले चित्तबुझ्दो तथ्य बाहिर ल्याउन नसकेका कारण अहिले विवादितमा छ ।

प्रहरीको अनुसन्धान पनि शून्य छ। अहिलेसम्म अनुसन्धानमा ठोस् प्रगति केही भएको छैन्। कञ्चनपुरका प्रहरी उपरिक्षक एसपी कुवेर कडायले भने , “निर्मला हत्यारा पत्ता लगाउन नसक्नुको कारणबारे चियापसलदेखि सार्वजनिक स्थलसम्ममा विभिन्न तर्कवितर्क सुनिने गरेका छन् । त्यसैले हत्यारा पत्ता लगाउन नसक्नु आफैमा लाजको बिषय बनेको छ।”

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments