एजेन्सी ।  भारतको जम्मू कश्मीरको किश्तवाड कस्बेमा गएराति भारतीय जनता पार्टीका प्रदेश सचिव अनिल परिहार र उनका भाइ अजित परिहारको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ ।

दुवैजना दाजुभाई घर फर्किरहेका बेला यो घटना भएको स्थानीय प्रहरीले जनाएको छ । उनीहरुमाथि एकदमै नजिकबाट गोली प्रहार भएको बताइएको छ ।

जम्मूकश्मीर भारतीय जनता पार्टीका जनरल सेक्रेटरी अशोक कौलले यो घटनाको पुष्टि गरेका छन् । उनले अनिल भारतीय जनता पार्टीका प्रभावशाली नेता मध्येका एक रहेको उल्लेख गरे ।

उनी लगातार दोस्रोपटक पार्टीको प्रदेश सचिव बनेका थिए । कौलले अनिल हत्याको घटना अत्यन्त निन्दनीय रहेको बताए ।

यो घटनापछि प्रशासनले किश्तवाड कस्बेमा शान्ति व्यवस्था कामय राख्न कर्फ्यू लगाएको छ । त्यहाँको स्थिती तनावपूर्ण रहेको छ ।

पार्टीका राष्ट्रीय अध्यक्ष अमित शाह र केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले घटनाको निन्दा गरेका छन् ।

 भारतीय प्रहरीले अहिलेसम्म हत्याराहरुको कुनै जानकारी प्राप्त भइनसकेको बताएका छन् ।

Comments

comments