जापानको राजधानी टोकियो आसपासका क्षेत्रमा १ सय ८० प्रतिघण्टाको वेगकले भिषण वर्षासँगै आएको आँधी हुरीले जनजीवन प्रभावित भएको छ ।

पनफोन नाम दिइएको सो तुफानमा परि एक जना अमेरीकी नागरिकलाई समुन्द्रले वगाएको छ । आँधीका कारण जापानका दूई ठूला बिमान कम्पनीले आफ्ना हवाई सेवा समेत वन्द गरेका छन् । तुफानका कारण गत हप्ता ज्वालामुखी बिष्फोटमा परेकाहरुको खोजी तथा उद्धार कार्य समेत प्रभाबित भएको छ ।
हरेक वर्ष करिब ११ शक्तिशाली आँधी आउने गरेको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

जापानको मौसम विज्ञान विभागले आँधीलाई खतरनाक आँधीका रुपमा लिएको र सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ ।  आँधीका कारण हजारौ घरहरुमा क्षती पुगेको बताइएको छ ।

Comments

comments