काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ परेका अभियुक्तहरुले भरिएका छन् ।चाडपर्वमा हुने चोर र डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोरलाई पक्राउ गरेपछि हिरासत कक्ष भरिएका हुन् ।

यस भन्दा पहिलेका चाडपर्वमा चोरीका घटना धेरै हुन्थे तर यस पटक त्यति भएनन् परिसरका एसपी अशोक सिंहले भने त्यो कारण भनेको चोरी गर्ने चोरहरु सबै हिरासतमा छन् । 

परिसरका अनुसार यसपटक पटके र नयाँसहित ७७ चोर पक्राउ गरिएको छ । त्यसमध्ये ३९ पटके र बाँकी ३८ नयाँ चोर छन् । त्यस्तै, प्रहरीले यहि अवधिमा ४३ पाकेटमार पक्राउ गरेको छ । लुटपाटमा संलग्न ४ जनालाई पनि पक्राउ गरेकोे जनाएको छ । परिसरका मातहतका हिरासत कक्षमा अहिले चोर र पकेटमारको संख्या १ सय १४ पुगेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments