ललितपुर । नेपाली कांग्रेसले आगामी मङ्सिरमा हुने महासमिति बैठकको तयारीलाई तीब्रता दिएको छ । मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा हुने महासमितिको बैठकमा प्रस्तुत गरिने विभिन्न प्रस्तावहरूलाई अन्तिम रूप दिनका लागि सम्बन्धित समितिहरु जुटिरहेका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।

महासमितिको बैठकमा लैजाने राजनीतिक प्रस्तावका लागि पनि गृहकार्य भइरहेको छ । पार्टीका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित राजनीतिक प्रस्ताव मस्यौदा तयारी समितिले पार्टी कार्यालय सानेपामा बुधबार राजनीतिक प्रस्ताव तयार गर्नकै लागि छलफलको आयोजना ग¥यो ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले यसले सबैको भावनाको प्रतिनिधित्व गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउँदा थप प्रभावकारी होला भनेर नै सबैको सुझाव सङ्कलन गरिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालगायत नेपाली कांग्रेसका केन्द्रीय समितिका सदस्यहरू, भ्रातृ एवं विभिन्न पेशा व्यवसायसँग आवद्ध शुभेच्छुक संस्थाका प्रतिनिधि, सामाजिक अगुवा र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

सहभागीहरूले नेपाली कांग्रेसले सात दशकदेखिको प्रयास गरेर ल्याएको सङ्घीय गणतन्त्रलगायतका सम्पूर्ण उपलब्धिलाई संरक्षण गरेर अगाडि बढाउने दायित्व पनि बहन गर्नुपर्ने सुझाव दिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments