काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कतारी लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ ।

राष्ट्रपति विद्या भण्डारीसँगै कतार भ्रमणमा रहनुभएकी राणले नेपालमा लगानी गर्न अहिले राम्रो वातावरण हुनुका साथ साथै विश्व बजारमा प्रतिष्पर्धा गर्न थुप्रै सम्भावनाहरु रहेको जानकारी दिनुभएको हो । अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा पनि राख्नुभयो ।

राष्ट्रपति भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पग्नुभएकी अध्यक्ष राणाले हाल धेरथोर निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपालबाट निर्यात सम्भावना रहेका अलैंची र अदुवाजस्ता व्यावसायिक कृषिजन्य उत्पादन भारत र भारतकै बाटो भएर तेस्रो मुलुक गइरहेकोमा कतारले तिनलाई आफ्नो बजारमा सिधै पहुँच दिनुपर्ने महासंघको जोड छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments