मेलबर्न । अष्ट्रेलिया विश्वमै उत्कृष्ट शैक्षिक गन्तव्यमा गनिन्छ । ग्राजुएट, पोस्टग्राजुएट जस्तै पीएचडिको लागि पनि यहाँ राम्रो अवसर छ । पीएचडी गर्न चाहने व्यक्ति अष्ट्रेलिया आउँदा विद्यार्थी भिसा ( सबक्लास ५०० ) मा आउनुपर्छ । अष्ट्रेलिया सरकारले अहिले हाइयर एजुकेशन सेक्टर भिसा ( सबक्लास ५७३ ) र पोस्टग्राजुएट रिसर्च सेक्टर भिसा ( सबक्लास ५७४ ) हटाएको छ ।

अष्ट्रेलियामा पीएचडी गर्न आउँदा फुल-टाइम विद्यार्थीको रुपमा आउनुपर्छ । पार्ट-टाइम पीएचडीको लागि अष्ट्रेलिया सरकारले भिसा दिंदैन । भिसाको लागि आवेदन दिनु भन्दा अगाडी युनिभर्सिटीमा भर्ना हुनको लागि आवश्यक प्रक्रिया पूरा गरेर युनिभर्सिटीले आफूलाई भर्ना लिने निश्चित गर्नुपर्छ । पीएचडी गर्नको लागि अंग्रेजी भाषामा दक्ष हुनुपर्छ । पीएचडी गर्ने समयावधिको लागि स्वास्थ्य बिमा गर्नु जरुरी हुन्छ ।

अष्ट्रेलियामा पीएचडी गर्न आउँदा आफूसंग पढाइ खर्च पुग्ने आर्थिक स्रोत रहेको देखाउनुपर्छ । त्यसको लागि २० हजार २ सय ९० अष्ट्रेलियन डलर भन्दा बढी ब्यालेन्स देखाउनुपर्छ । पीएचडी गर्ने विद्यार्थीले अरु विद्यार्थीले जस्तै अष्ट्रेलियामा आएर काम गर्न पाउँछन् । उनीहरुले १५ दिनमा ४० घण्टा काम गर्ने अनुमती पाउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments