रोल्पा । विश्वमै दुर्लभ तथा बहुमूल्य मानिने ‘ट्रफल’ च्याउका बिरुवा हुर्कंदै गरेकाले थवाङ राचिवाङका किसान अहिले दंगसँगै उनीहरू खुसी भएका छन्। ‘यो जातको च्याउ मूल्यवान् हुन्छ भन्ने सुनेका छौं, उत्पादन सुरु भएपछि निक्कै कमाइ हुन्छ होला,’ स्थानीय राजकुमार रोकामगरले बताएका छन् ।

रोकामगरका अनुसार सात वर्षअघि थवाङको एक हेक्टर जग्गामा रोपिएका चार सय ३५ मध्ये अहिले दुई सय बिरुवा हुर्किरहेका छन् । यी बिरुवा बेलायतबाट ल्याइएका हुन् । वैज्ञानिक नाम ‘कोरिलस एभेलाना’ भएको ‘ट्रफल’ च्याउको विश्व बजारमा अत्यधिक मूल्य पर्ने भएकाले यसलाई ‘ब्ल्याक डायमन्ड’ भनेर पनि चिनिन्छ । राम्रो खालको ‘ट्रफल’ च्याउ प्रतिकेजी ५ हजार अमेरिकी डलर (५ लाख रुपैयाँभन्दा बढी ) सम्ममा बिक्री हुने यससम्बन्धी अनुसन्धानको अगुवाइ गरिरहेका त्रिभुवन विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका सहप्राध्यापक डा. गिरिराज त्रिपाठी बताउँछन्।

डा. त्रिपाठीका अनुसार केही समयअघि डिएनए परीक्षण गर्दा ‘ट्रफल’ नै हो भन्ने निक्र्योल भएपछि स्थानीय तथा अनुसन्धाताले बढी चासो राख्न थालेकाे अाजकाे नागरिक दैनिकमा खबर छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments