मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा बिएमडब्लु कप २०१८ सम्पन्न भएको छ । गत आइतबार अर्थात २८ अक्टोबरमा भएको बिएमडब्लु कपको फाइनल खेलमा मेलबर्न राइनोज क्रिकेट क्लबलाई ५ रनले पराजित गर्दै सगरमाथा क्रिकेट क्लब विजेता घोषित भएको छ । विजयी टिम सगरमाथाले ट्रफी संगै दुई हजार डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

सगरमाथा क्रिकेट क्लबले बिएमडब्लु कपको पहिलो खेलमा द हिमालयन क्रिकेट क्लबलाई पराजित गरेको थियो । उक्त खेलमा विकेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए । त्यस्तै, सगरमाथाले आफ्नो दोस्रो खेलमा ५.४ ओभरमा १० विकेट लिंदै ८३ रन बनाएर नर्रे किंग्स क्रिकेट क्लबलाई पराजित गरेको थियो । उक्त खेलमा सुनीत सुयल थापा म्यान अफ द म्याच घोषित भएका थिए ।

तेस्रो खेलमा गोर्खाली क्रिकेट क्लबसंग खेलेको सगरमाथाले ४ विकेट लिंदै १सय ८१ रन बनाएर विजयी भएको थियो । उक्त खेलमा अविनाश पौडेल म्यान अफ द म्याच घोषित भएका थिए । अक्टोबर ७ मा भएको आफ्नो चौथो खेलमा सगरमाथा क्रिकेट क्लब रोयल राइनोज क्रिकेट क्लबसंग भिडेको थियो । कुशल तुलाधर म्यान अफ द म्याच घोषित भएको उक्त खेलमा सगरमाथा १६५ रन बनाउंदै विजेता बनेको थियो ।

गत २१ अक्टोबरमा भएको सेमी फाइनल खेलमा मेलबर्न साइक्लोन क्रिकेट क्लबलाई पराजित गर्दै सगरमाथा क्रिकेट क्लब फाइनलमा पुग्न सफल भएको थियो । उक्त खेलमा सगरमाथाले ५.४ ओभरमा ६३ रन बनाएको थियो भने सुनीत सुयल थापा म्यान अफ द म्याच घोषित भएका थिए ।

बिएमडब्लु कप गत सेप्टेम्बर ९ देखि हरेक आइतबार संचालन हुँदै आएको थियो। बिएमडब्लु एजुकेशन कन्सल्टेन्सी, रोयल राइनोज क्रिकेट क्लब र भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसनको सहकार्यमा टुर्नामेन्ट आयोजना भएको हो । खेल समापन कार्यक्रममा प्रमुख अतिथी रहनुभएका भिक्टोरियाका लागि अवैतानिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले सबै खेलाडीलाई बधाई तथा शुभकामना दिंदै खेलको महत्व बारेमा चर्चा गर्नुभएको थियो ।

बिएमडब्लु एजुकेशन कन्सल्टेन्सीका निर्देशक विष्णु सापकोटाले खेल सभ्य र भव्य तरिकाले सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिंदै टुर्नामेन्ट अवधिभर खेलाडीहरु संग रहन पाउँदा र यो टुर्नामेन्ट मार्फत नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउनको लागि हातेमालो गर्न पाउँदा खुशी लागेको बताउनुभएको थियो । उहाँले सम्पूर्ण खेलाडी तथा क्लबहरुलाई आगामी दिनको लागि शुभकामना समेत दिनुभएको थियो ।

बिएमडब्लु कप २०१८ मा रोयल राईनोज क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, द हिमालय क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, नारे किङ्स क्रिकेट क्लब, मेलबर्न साईक्लोन क्रिकेट क्लब गरि सात क्लबको सहभागिता रहेको थियो । ती मध्येबाट एक्स्पर्ट क्रिकेट क्लबक सुमन गौतम उत्कृष्ट ब्याट्सम्यान, एक्स्पर्ट क्रिकेट क्लबकै सुनोद श्रेष्ठ उत्कृष्ट बलर, रोयल राइनोजका निरज श्रेष्ठ उत्क्रिह्स्त फिल्डर, सगरमाथा क्रिकेट क्लबका आशिष जी.सी उत्कृष्ट विकेट किपर, रोयल राइनोज क्रिकेट क्लबका चन्द श्रेष्ठ म्यान अफ द सिरिज, नर्रे किंग्सका शिशिर क्याच अफ द टुर्नामेन्ट घोषित भएका छन् । त्यस्तै, टुर्नामेन्टको फाइनल खेलमा रोयल राइनोजका पुकार भण्डारी म्यान अफ द म्याच घोषित भए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments