काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामलाई पराजित गर्दै म्यान्चेष्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा सिटीले टोटनहृयाममाथि १–० गोलको संघर्षपूर्ण जीत निकालेको हो ।

सिटीले टोटनहृयामकै घरेलु मैदानमा भएको खेलमा जीत हात पार्दै इंग्लिस प्रिमियर लिगको शीर्षमा स्थानमा बनाएको हो । सिटीको जितमा रियाद महरेज नायक बने । उनकै एक मात्र गोलमा सिटीले टोटनहृयामलाई पराजित गर्न सफल भएको हो । महरेजले खेलको छैटौ मिनेटमा नै गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

शुरुवाती समयमा नै अग्रता बनाएको सिटीले बाँकी समयमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न भने सकेन । जीतसँगै सिटीको १० खेलबाट २६ अंक भएको छ । त्यस्तै, टोटनहृयाम भने १० खेलबाट २१ अंक बनाएर लिगको पाँचौ स्थानमा छ । लिगको दोस्रो स्थानमा रहेको लिभरपुलको पनि समान १० खेलबाट २६ अंक नै रहेको छ । लिगको तेस्रो स्थानमा २४ अंक सहित चेल्सी चौथो स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments