काठमाडौं । जापानकी राजकुरमारी अयाकोको विवाह टोकियो एक विशेष समारोहकाबिच सोमबार भएको छ । उनले राजपरिवार भन्दा बाहिरका सामान्य व्यक्तिसँग विवाह गरेकी हुन् । राजकुमारी अयाकोले व्यवसायी केई मोरियासँग विवाह गरेकी हुन् ।

आफ्नो प्रेमका लागि राजकुमारी अयाकोले राजपरिवारको हैसियत त्यागेकी छन् । जापानको राजकीय कानुन अनुसार सामान्य नागरिकसँग अर्थात राजपरिवारका सदस्य भन्दा बाहिरको व्यक्तिसँग विवाह गर्ने महिला सदस्यले राजकीय हैसियत त्याग्नु पर्छ ।

अयाकोले राजकीय हैसियत भन्दा प्रेम रोजेकी हुन् । उनले केईसँग विवाह गर्नका लागि राजकीय हैसियत खुशीसाथ त्यागेकी छन् । अयाको र केई प्रेम सम्बन्धमा थिए ।

झण्डै एक हजार जनाको सहभागितामा टोकियोमा भएको समारोहमा अयाको र केई वैवाहिक सम्बन्धमा बाँधिएका हुन् ।

जापानको राजकीय नियममा सामान्य व्यक्तिसँग विवाह गर्नका लागि महिला सदस्यले राजकीय हैसियत त्याग्नु पर्छ तर पुरुष सदस्यका लागि भने यस्तो नियम छैन ।

Comments

comments