आगामी मंसिरमा हुन गइरहेको सार्क शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ ।

सार्क सम्मेलनलाई लक्षित गर्दै अहिले नेपाल विद्युत प्राधिकरणले राजधानी मुख्य क्षेत्रहरुमा ‘स्ट्रि लाइट’ जडान कार्यलाई तिब्रता दिएको छ । एशियाली विकास बैंकको २५ लाख डलर अनुदान सहयोगमा काठमाडौं उपत्यकाका सडक तथा मन्दिर क्षेत्रमा ‘स्ट्रिट लाइट’ जडान भइरहेको छ । जुन काम सन् २०१५ को मार्चसम्म सकिसक्ने लक्ष्य राखिएको छ । उपत्यका सडकमा सोलार प्यानलबाट सडकमा वत्ति राख्ने काम आर्थिक वर्ष २०६८–०६९ बाट सुरु भएको थियो । चिनियाँ कम्पनी हाइड्रो चाइनाले सडक वत्ति निर्माण कार्य गरिरहेको छ ।

सार्क सम्मेलनलाई लक्षित गर्दै प्राधिकरणले राजधानीका मुख्य(मुख्य क्षेत्रहरुमा अक्टोबरको अन्त्यसम्म सडक वत्ती जडान गरिसक्ने गरि काम अगाडी बढाइएको सडक बत्ती सुधार आयोजनाका प्रमुख नुतनदेव भट्टराईले जानकारी दिए ।

Comments

comments