मेलबर्न । गोलाद्र्धको हिसाबले नेपाल भन्दा ठीक विपरित छ, अष्ट्रेलिया । त्यहाँ र यहाँको मौसमी तापमान उल्टो हुन्छ । यही देशलाई उच्च शिक्षाका लागि अधिकांश नेपाली विद्यार्थीहरुले रोज्ने गरेका छन् ।

प्रौद्योगिक रुपले उन्नत यो एक समृद्ध बहुसांस्कृतिक राष्ट्र हो, जहाँ जुनसुकै मुलुकका विद्यार्थीले पनि स्वच्छन्द सास फेर्न पाउँछन् । यहाँ अनेक धर्म र संस्कृतिको कोलाज देख्न पाइन्छ । अष्ट्रेलियाको कुनै राष्ट्रिय धर्म छैन । भौतिक विकासमा ठूलो फड्को मारेको अष्ट्रेलिया नेपाली विद्यार्थीको लागि दर्विलो शैक्षिक हव बन्दैछ । किन ?

– किनभने, अष्ट्रेलियाको शिक्षा उन्नत छ ।
– किनभने, अष्ट्रेलियामा पढाईसँगै काम गर्ने अवसर छ ।
– किनभने, पढाइपछि आवसिय भिषा र वर्क परमिटको संभावना बलियो छ ।
– किनभने, अष्ट्रेलियाको प्रसासनिक प्रणाली झन्झटिलो र कठोर छैन ।
– किनभने, अष्ट्रेलियाले बहुसंस्कृतिलाई प्रश्रय दिएको छ ।
– किनभने, अष्ट्रेलियामा अध्ययनपछि रोजगारको अवसर बढी छ ।

लोभलाग्दो शैक्षिक हव

अष्ट्रेलियाको साक्षरता दर ९९ प्रतिशत छ । यो विश्वकै आठौं ठूलो शैक्षिक हब पनि हो । यसको समृद्धिले हाम्रो जस्तो विकासोन्मुख देशका विद्यार्थीलाई नलोभ्याउने कुरै भएन । नागरिक सेवा तथा सुविधाले पनि तानेको छ । अष्ट्रेलियाको प्रशासनिक प्रक्रिया झन्झन्टिलो छैन । रोजगार र व्यवसायका अनेक अवसर उपलब्ध छन् ।

अक्सर नेपाली विद्यार्थी लर्निङसँगै अर्निङको ध्येयले पनि विदेशिन्छन् । त्यस कोणबाट अष्ट्रेलिया उर्बर मानिन्छ ।

पढाई सकिएपछि रोजगार र आवसीय भिसा (पिआर)को मोहले विद्यार्थीमा हुन्छ । त्यस हिसाबले अष्ट्रेलिया पहिलो रोजाइमा पर्ने गर्छ । केही वर्षयता अष्ट्रेलियाले विदेशी विद्यार्थी तान्न छात्रवृत्तिको व्यवस्था समेत गरेको छ । अष्ट्रेलियामा पढाई सकिएपछि दुई वर्ष काम गर्ने अनुमति ‘वर्क परमिट’ पाइन्छ । पढाईपछि काम दिने लचिलो सरकारी नीतिले विदेशी विद्यार्थीलाई लोभ्याएको छ, जसमा नेपाली अपवाद हुने कुरै भएन ।

पाइला अष्ट्रेलियातर्फ

पछिल्लो समय अमेरिका र बेलायत जाने विद्यार्थीको पाइला अष्ट्रेलियातर्फ मोडदैछन् । यसपाली नो अब्जेक्सन लेटर विद्यार्थीको रोजाइबाट पनि यो पुष्टि हुन्छ । ५० हजार हाराहारीमा नो अब्जेक्सन लेटर लिएकामध्ये आधा जसोले त अष्ट्रेलिया नै ताकेका छन् ।

अष्ट्रेलिया जना चाहने विद्यार्थीले नो अब्जेक्सन लेटर लिएर मात्र भिसा आवेदन दिने व्यवस्था छ । भिसा आवेदनका लागि करिब ४५ हजार अर्थात ५ सय ६० डलर खर्च हुन्छ । अष्ट्रेलियमा पढ्न जाने धेरैजसो विद्यार्थी यहीबाट पहिलो समेस्टरको शुल्क बुझाएर जान्छन् । दोस्रो सेमेस्टरलागि उतै कमाएर तिर्ने मेलोमेसो मिलाउँछन् ।

खासगरी मिहेनत गरेर काम गर्नेलाई अष्ट्रेलियामा पठन पाठन गर्न कठिन छैन । त्यसैले कमाई गर्दै ट्युसन फि तिर्ने योजनामा रहेका विद्यार्थी अष्ट्रेलिया ताक्छन् ।

पछिल्लो समय अमेरिका र बेलायत जाने विद्यार्थीको पाइला अष्ट्रेलियातर्फ मोडदैछन् । यसपाली नो अब्जेक्सन लेटर विद्यार्थीको रोजाइबाट पनि यो पुष्टि हुन्छ । ५० हजार हाराहारीमा नो अब्जेक्सन लेटर लिएकामध्ये आधा जसोले त अष्ट्रेलिया नै ताकेका छन् ।

अष्ट्रेलिया जना चाहने विद्यार्थीले नो अब्जेक्सन लेटर लिएर मात्र भिसा आवेदन दिने व्यवस्था छ । भिसा आवेदनका लागि करिब ४५ हजार अर्थात ५ सय ६० डलर खर्च हुन्छ ।

कसरी जाने अष्ट्रेलिया ?

विद्यार्थी भिसामा अष्ट्रेलिया जान चाहनेले कम्तीमा १२ कक्षा पास गरेको हुनुपर्छ । कक्षा ११ र १२ को मिलाएर कुल अंक ६० प्रतिशतभन्दा बढी ल्याएका विद्यार्थीले भिसाका लागि आवेदन दिन सक्छन् । यसका साथै कक्षा दशको उत्तिर्ण अंक पनि पेश गर्नुपर्छ । जब शैक्षिक योग्यता पुग्छ, उसले आइइएलटीएस गर्नुपर्छ । उक्त परीक्षामा विद्यार्थीले ६ अंक ल्याउनुपर्छ ।

अब शैक्षिक योग्यता पुगेपछि विद्यार्थीको वित्तिय योग्यताको कुरा आउँछ । त्यसमा आफ्नो परिवारको आर्थिक स्रोत, घरजग्गाको वित्तिय मूल्यांकन सबै गरेर ४० लाख बराबरको सम्पति देखाउनुपर्छ । कलेजमा कागजात पेश गर्दा एक वर्षको पढाई शुल्क, स्वास्थ्य बिमा, एक वर्षको बसाई खर्च, आउ–जाउका लागि हवाइ टिकट बराबरको मूल्य बुझाउनुपर्छ ।

आफुले बुझाएको कागजात सहि भएमा वा चित्त बुझाएमा कलेजले ६ महिना वा एक वर्षसम्मका शुल्क तिर्नका लागि प्रस्ताव गर्छ । सबै प्रक्रिया पूरा भएपछि कलेजले सीओइ पत्र दिन्छ । यी सबै कागजातलाई विद्यार्थीले भिसा कार्यालयमा पठाउनुपर्छ । यो भारतमा छ । भिसा अधिकारीले परीक्षण गरेपछि सही ठहरिएमा भिसा प्राप्त हुन्छ, १५ दिनदेखि एक महिनामा ।

कसरी जाने डिपेन्डेन्ट ?

अध्ययनका लागि विवाहित नेपाली पुरुष वा महिलाले पाउने अतिरिक्त सुविधा हो, डिपेन्डेट भिसा । खासमा एक जनाको पढाईका निम्ति अर्का सहयोगी बनुन् भनेर यस्तो भिसाको व्यवस्था गरिएको हो । त्यस्तै, आफ्ना परिवारबाट अलग हुन नपरोस् भनेर पनि यस्तो भिसा दिइएको हो ।

डिपेन्डेट भिसामा विद्यार्थीले आफ्ना सहयोगका लागि परिवार लान पाउँछन् । अष्ट्रेलियाको कानुनी परिभाषामा परिवारमा पति, पत्नी र छोराछोरी समेटिन्छन् । यस्तो भिसा आवेदनका लागि विवाह दर्ता प्रमाणपूर्जा, जन्मदर्ता, नाता प्रमाणित, बिवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता आदि पेश गर्नुपर्ने हुन्छ ।
स्नातकोत्तर वा त्यो भन्दा माथिको कोर्स गर्न गएका विद्यार्थीका डिपेन्डेट भिसामा गएका र परिवारले पूर्णकालिन काम पाउँछन् । यदि त्यो भन्दा तल्लो तहको अध्ययनका लागि हो भने परिवारका सदस्यले सातामा २० घण्टाको दरले काम गर्न पाउँछन् । यसैगरी विद्यार्थीले पनि सातामा २० घण्टा काम गर्न पाउँछन् । विदाको समय भने पूर्णकालिन काम गर्न सकिन्छ ।

‘क’ बर्गको सबै बैंक खुला

गएको बैशाखदेखि अष्ट्रेलिया पढ्न जाने विद्यार्थीले क बर्गको इजाजतप्राप्त सबै कमर्सियल बैंकबाट बैकिङ डकुमेन्टेसन गर्न पाउने भएका छन् । अष्ट्रेलिया सरकारले आफ्नो भूमिमा पढ्न आउने विदेशी विद्यार्थीका लागि यस्तो नीति बनाएको हो । अस्ट्रेलियन हाइ कमिसनले नेपाल राष्ट्र बैंकको नियन्त्रण र अनुगमनमा रहेका क वर्गका कमर्सियल बैंकलाई मान्यता दिएको हो । यसले नेपाली विद्यार्थी र अभिभावक थप लाभान्वित भएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments