एजेन्सी । साबिक विजेता म्यानचेस्टर सिटी फेरि इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा टोटनह्यामलाई १–० ले हराउँदै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामका लागि छैटौँ मिनेटमा नै खाएको गोल घातक बन्यो । रियाद महरेजले खेलको सुरुमा नै गरेको गोलले सिटीलाई महत्वपूर्ण जित दिलाएको हो ।

रहिम स्ट्रर्लिङ्गको क्रसमा महरेजले गोल गरेका हुन् । जितपछि १० खेलबाट २६ अंक जोडेको सिटी गोल अन्तरमा लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।

Comments

comments