काठमाडौं । नेपाली चलचित्र क्षेत्रका धेरै व्यक्तिहरु अहिले विदेशमा छन् । त्यसमध्ये पनि धेरैजसो कलाकारहरु अमेरिकामा बसिरहेका छन् र ग्रीनकार्ड होल्डर समेत छन् । कलाकारलाई अरुको तुलनामा अमेरिकामा जान र ग्रीन कार्ड पाउन सजिलो भएका कारण पनि अमेरिकामा बस्ने नेपाली कलाकारको संख्या बढिरहेको छ ।

नेपाली चलचित्र निर्देशक सुरेश दर्पण पोखरेल अहिले अमेरिकामा छन् । करिब पांचवटा नेपाली चलचित्र निर्देशन गरेका उनी अहिले दशैं मनाउन नेपाल आएका छन् । नेपालमा रहंदा चलचित्र सम्बन्धि विभिन्न संस्थामा समेत आवद्ध भएका उनले अमेरिका गएर सुरुमा पिज्जा डेलिभर गर्ने काम गरेका थिए । त्यसपछि उनले आइटि तालिम लिए । अहिले उनी आइटि सम्बन्धि काम गर्छन् । कलाकार राज बल्लभ कोइराला पनि आइटि क्षेत्रमै रहेको उनी बताउँछन् । त्यस्तै, पूजा शर्माको आफ्नै व्यवसाय छ ।

नेपाली चलचित्र क्षेत्र नामको लागि राम्रो भएतापनि सुरक्षित भविष्य नभएका कारण सुरक्षित भविष्यको लागि कलाकारहरुले अमेरिका रोज्ने सुरेश बताउँछन् । उनका अनुसार, धेरै कलाकारहरु ग्यास स्टेसन, रेस्टुरेन्ट, व्यवसायमा संलग्न छन् र सुरुमा सबै कलाकारले संघर्ष नै गर्नुपर्छ । तर, कलाकारितालाई सम्मान गरिने भएका कारण ग्रीनकार्ड पाउन सजिलो हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments