मेलबर्न । अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुको बढ्दो संख्या संगै काम पाउन चुनौतीपूर्ण हुँदै गइरहेको छ । तर, केही कुराहरुमा ध्यान पुर्याउन सक्ने र अपडेट रहनेहरुको लागि भने केही सहज छ ।

काम पाउनको लागि प्रभाव पार्ने एउटा चरण हो अन्तर्वार्ता । जागिरको लागि अन्तर्वार्तामा जाँदा केही विशेष कुराहरुमा ध्यान पुर्याउनु जरुरि छ :

– अन्तर्वार्ताको लागि पूर्व तयारि गर्नुपर्छ । हडबढीमा अन्तर्वार्ता दिन जानु हुँदैन ।

– आफू अन्तर्वार्ता दिन जाने कम्पनीको बारेमा राम्रोसंग अध्ययन गर्नुपर्छ ।

– अन्तवार्ता दिने ठाउँमा प्रवेश गरिसकेपछि आफ्नो शारीरिक हाउभाउलाई ध्यान दिनुपर्छ । तपाईंको बोलि जत्तिकै शारीरिक हाउभाउले पनि प्रभाव पार्छ। यस अन्तर्गत ‘आइ कन्ट्याक्ट’ गर्नुपर्छ तर घुरेर हेर्ने होईन, मुस्कुराउनुपर्छ, हात अथवा खुट्टा क्रस गरेर बस्नु हुँदैन, सिधा बस्नुपर्छ, हात मिलाउँदा एकदमै कम्जोर अथवा बढी आत्मविश्वासी तवरले मिलाउनु हुँदैन ।

– आफूले कुन पदमा रहेरा काम गर्नको लागि अन्तर्वार्ता दिने हो र त्यो पदको जिम्मेवारी के हो भन्ने पहिले नै राम्रोसंग बुझेर, अध्ययन गरेर जानुपर्छ।

– अन्तर्वार्ता दिईसकेपछि अन्तर्वार्ता लिने व्यक्ति वा समूहलाई धन्यवाद भन्न बिर्सनु हुँदैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments