काठमाडौं । नेपाली चलचित्र ‘मालिका’ प्रदर्शनको तयारीमा छ । अभिनेत्री रेखा थापाले निर्माण तथा निर्देशन गरेको उक्त चलचित्रमा महिला हिंसाको मुद्दालाई उठाइएको छ ।

चलचित्र मालिका सुदुर पश्चिममा छायांकन गरिएको हो । सुदुर पश्चिमकी युवतीको कथा भएकोले चलचित्रमा सुदुर पश्चिमकै युवती कमला ओलीलाई मूख्य कलाकारको रुपमा लिइएको छ । सुदुर पश्चिमकी युवतीको कथा भएको हुनाले उक्त पात्रलाई र सुदुर पश्चिमलाई आफूले न्याय गर्न नसक्ने महसुस भएकोले सुदुर पश्चिमकै युवती लिइएको रेखाले बताएकी छिन् ।

कमला यस अगाडी कुनै पनि चलचित्रमा काम नगरेकी र अभिनय कहिल्यै नासिकेकी गाउँकी युवती हुन्। उनलाई अभिनय गराउन आफूलाई काँचो माटोलाई आकार दिनु जस्तो काम भएको रेखा बताउँछिन् ।

रेखाले चलचित्रमा जसरि महिलालाई बलियो रुपमा उभ्याएकी छिन्, त्यसरी नै उनी आफ्नो करियरमा पनि बोल्ड अभिनेत्रीको रुपमा चिनिन्छीन्। चलचित्रमा उनी नायक संग नाच्ने नायिका मात्र नभएर ‘हिरो’ कै रुपमा देखिन्छीन् । चलचित्रको करियर र राजनितीमा पनि आफू कसैको गर्लफ्रेन्ड बनेर, कसैको चाकडी गरेर नभई, आफ्नो क्षमताले अगाडी बढेको उनी बताउँछिन् ।

Comments

comments