एजेन्सी । बलिवुडमा अहिले विवाहको लहड चलिरहेको छ । पछिल्लो समय अभिनेत्री दीपिका पादुकोण र अभिनेता अर्जुन कपूरको विवाहको खबर चर्चामा आइरहँदा अभिनेत्री मल्लाइका अरोरा र अभिनेता अर्जुन कपूरको विवाहको खबर बाहिरिएको छ  ।

भारतीय संचारमाध्यमका अनुसार, अर्जुन कपूर र मल्लाइका अरोरा खानले आगामी वर्ष विवाह गर्ने भएका छन् । अर्जुन र मल्लाइका विगत दुइ वर्ष देखि प्रेम सम्बन्धमा छन् । मल्लाइकाको सम्बन्ध विच्छेद हुनुमा अर्जुनलाई मूख्य कारण मान्ने गरिन्छ । मल्लाइकाले अभिनेता तथा निर्माता अरवाज खानसंग १८ वर्ष लामो वैवाहिक सम्बन्ध टुंगाएकी थिइन् । अरवाज र मल्लाइकाको एक छोरा समेत छन् । सन्तानकै लागि उनीहरु विशेष दिनमा भने संगै देखिने गरेका छन् ।

केही दिन अगाडी मात्र अर्जुन कपूर र मल्लाइका व्यक्तिगत भ्रमणमा गएर फर्किएका थिए । उनीहरु विभिन्न कार्यक्रममा संगै देखिने गर्छन् । अर्जुन कपूरले एक कार्यक्रममा प्रेम गर्नु भनेको त्यो व्यक्तिलाई हरेक क्षणमा साथ दिनेछु भन्ने वाचा रहेको र आफूलाई प्रेम गर्ने मात्र होइन, सम्बन्ध निभाउनुपर्छ भन्ने ज्ञान रहेको बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments