एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब लेस्टर सिटीका मालिकको हेलिकप्टर दुर्घटनामा निधन भएको क्लबले पुष्टि गरेको छ । घरेलु मैदानमा भएको वेष्ट ह्यामसँगको खेल हेरेर फर्किने बेला हेलिकप्टर दुर्घटना हुँदा क्लबका मालिकसहित पाँचजनाको निधन भएको हो ।

प्रिमियर लिग अन्तर्गत आफ्नो क्लब लेस्टरले घरेलु मैदानमा किङ्ग पावरमा वेष्ट ह्यामसँग शनिबार राति खेलेको खेलपछि मालिक विचाई श्रीवादधानप्रभाको हेलिकप्टर उडेको थियो ।

हेलिकप्टर उडे लगत्तै दुर्घटनामा परेको हो । हेलिकप्टर क्लबको रंगशालामा रहेको कार पार्कमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटना भएको झण्डै २४ घण्टापछि क्लबले विचाईसहित सबै पाँचजनाको निधन भएको पुष्टि गरेको हो । विचाईसहित उनका दुई कर्मचारी, एक पाइलट र एक यात्रुको निधन भएको हो ।

हजारौँ लेस्टर समर्थकहरु आफ्ना प्रिय क्लब मालिकको निधनले शोकमा डुबेका छन् । खेलमा लेस्टर १–१ को बराबरीमा रोकिएको थियो र खेल सकिएको एक घण्टापछि हेलिकप्टर उडेको थियो । लेस्टरले सन् २०१६ मा प्रिमियर लिगको उपाधि जितेको थियो । विचाईले सन् २०१० मा लेस्टर सिटी किनेका थिए ।

Comments

comments