मेलबर्न । नवलपुर गैंडाकोट स्थायी घर भई हाल अष्ट्रेलियाको मेलबर्नमा बस्दै आउनुभएका व्यक्तित्वहरुबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “समृद्ध नगर निर्माणमा हाम्रो भूमिका र दायीत्व” र बिद्यमान चुनौतीहरुका बिषयहरुमा छलफल गरिएको उक्त कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर श्री छत्रराज पौडेलको प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी पौडेलले नगरपालिकामा चालु गतिविधि,हालसम्मका उपलब्धिहरु र नगर स्तरीय अल्पकालीन र दीर्घकालीन योजनाहरुका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले समग्र नगरको विकासको लागी शिक्षा,स्वास्थ्य,सिंचाई,खानेपानी,सामुदायीक वन, सडक विस्तार, ट्राफिक व्यवस्थापन र खेलकुद विकास लगायतका बिषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको थियो । कार्यक्रममा सहभागी व्यक्तित्वहरुले विदेशमा बस्दै गर्दा आफूले सिकेको ज्ञान,सीप,क्षमता र अनुभवहरुलाई नगर प्रबर्द्धनमा प्रयोगमा ल्याउन चाहेको कुरा राख्नुभएको थियो l

उक्त कार्यक्रममा नवलपुर क्षेत्रको समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले अरुण लम्सालको संयोजकत्वमा १९ सदस्यीय ‘नवलपुर-भिक्टोरिया सोसल नेटवर्क’ समिति गठन गरिएको छ l कार्यक्रम एभरेष्ट चिल्ली रेष्टुरेन्ट, मेलवर्न सेन्ट्रलमा सम्पन्न भएको थियो l

पारिवारिक भेटघाटको सिलसिलामा करिब एकसाताको लागी निजी भ्रमणमा अष्ट्रेलिया आउनु भएका पौडेलले यहाँ अन्य समुदायका व्यक्तिहरु संग पनि महत्वपूर्ण भेटघाट गर्नु भएको थियो l उहाँ हिजो नै स्वदेश फर्किसक्नु भएको छ l

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments