काठमाडौं । बलिवुडमा अहिले मीटु अभियानले व्यापकता पाएको छ । मीटु अभियान हलिवुडमा र अहिले भारतमा पनि प्रभावकारी देखिएपछि नेपालमा पनि यो अभियान चलाउनुपर्ने चर्चा चलिरहेको छ ।

मीटु अभियानमा महिलाहरुले वर्षौं देखि आफू माथी भएका यौनहिँसाका कुरालाई बाहिर ल्याएका छन् । नेपाली अभिनेत्रीहरु केकी अधिकारि, रीमा विश्वकर्मा र वेनिशा हमाल नेपाली चलचित्र क्षेत्र लगायत नेपालको समाजमै ती कुराहरु दिनहुँ घट्ने र आफूहरु त्यसको शिकार भएको बताएका छन् । मीटु अभियान पुरुषको विरोधमा नभएको प्रष्ट्याउँदै केकी अधिकारिले आफूमाथी भएका ती घटना बाहिर ल्याउने प्रयास गरिरहेका महिलाहरुलाई साथ दिनुपर्ने बताउँछिन् ।

वेनिशा हमालले आफूले भोगेको एउटा हिँसा सार्वजनिक गरेकी छिन् । हमालका अनुसार, करियरको सुरुवाती दिनमा उनी एउटा बैंकको लागि फोटोसुटमा गएकी थिइन् । फोटोसुट सकिएपछि मिडियाका व्यक्तिले आएर उनलाई उक्त बैंकका सीइओसंग नगरकोट जान भने । त्यसपछि उनले ती व्यक्तिलाई थप्पड हानेर फोटो हटाउन भनेकी थिइन् । त्यो घटना अहिले सम्झिंदा पनि नरमाइलो लाग्ने उनी बताउँछिन् । वेनिशाका अनुसार, सुटिंग स्थलमा पुरुषहरुले अश्लिल शब्द प्रयोग गरेर बोलिरहँदा पनि उनलाई हिंसामा परेको अनुभव हुन्छ ।

Comments

comments