मेलबर्न। अष्ट्रेलियामा कामदारहरुको हकको लागि अष्ट्रेलिया सरकारकै मातहतको फेयरवर्क कमिसनले काम गर्छ। फेयरवर्क कमिसनले कामदारहरुको लागि न्युनतम ज्याला तोक्नुका साथै उनीहरुमाथि अन्यायपूर्ण क्रियाकलाप भएको थाहा पाएमा कामदाता वा कम्पनीको विरुद्धमा आवश्यक कारबाही अगाडी बढाउँछ ।

फेयरवर्क कमिसनले अष्ट्रेलियामा न्युनतम तलब एक घण्टाको १८.९३ डलर तोकेको छ । जस अनुसार एक हप्ताको न्युनतम तलब करिब ७१९.२० डलर हुन्छ । यो तलब कर नकाटिएको रकम हो ।

फेयरवर्क कमिसनका अधिकारीहरुका अनुसार, कामदारले यो न्युनतम तलब भन्दा बढी तलब पाउनुपर्छ । तर विभिन्न अध्ययनमा देखिएको नतिजामा भने केही विदेशी विद्यार्थीहरुले न्युनतम तलब समेत पाइरहेका छैनन् ।

अनुसन्धानकर्ताहरुका अनुसार, सुरुमा काम पाउन गाह्रो हुने, आफूसंग सीप नहुने, अष्ट्रेलियाको कानुन र फेयरवर्क कमिसनसंग सम्बन्धित जानकारी नहुने आदि कारणले गर्दा विदेशी विद्यार्थीहरु न्युनतम तलब भन्दा पनि कम तलबमा काम गरिरहेका हुन्छन् । कम्पनीहरुले उनीहरुमाथि लाभ उठाईरहेका हुन्छन् भने कतिपय विद्यार्थीले ठगिनुलाई बाध्यता मान्छन् । तर त्यो अवस्थामा बोल्न सकेमा फेयर वर्क कमिसनले उनीहरुलाई सहयोग गर्छ।

फेयरवर्कले तोकेको न्युनतम तलबभन्दा कम तलब पाइरहेका विद्यार्थीले फेयरवर्क कमिसनको वेबसाइट वा १३ १३ ९४ मा फोन सम्पर्क गरेर सहयोग लिन सक्छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments