मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इदका अवसरमा  प्रधानमन्त्री सुशील कोइरालाले स्वदेश तथा विदेशमा रहेका  इस्लाम धर्ममा आस्था राख्ने समस्त नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। शुभकामना संदेशमा  नेपाल अनेक भाषा, धर्म, संस्कृति, वेशभूषा र परम्परा भएका विभिन्न जातजातिको साझा फूलबारी भएको उल्लेख गर्दै हरेक नेपालीमा निहित सहिष्णुता, सहनशीलता र  मिलनसारिताले एकापसमा सौहार्द सम्बन्ध विकसित गरेको र यसले नेपालको राष्ट्रियतालाई सबल बनाएको प्रधानमन्त्रि  कोइरलाले  उल्लेख गरेका छन् |
आज प्रकशित बिज्ञप्तिमा उनले  बकर इद हर्षोल्लासपूर्वक सम्पन्न होस् भन्ने शुभेच्छासहित संविधानसभाबाट संविधान लेखनको कार्य भैरहेको यस ऐतिहासिक अवसरमा आउँदो संविधानमा पनि नेपाल धार्मिक र सांस्कृतिक स्वतन्त्रताको प्रत्याभूति गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
यसै बीच एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रेम र सद्भाव आदानप्रदान गर्ने मुसलमान समुदायको चाड बकर इदले खुसी र सद्भाव ल्याओस् भन्ने कामना गर्दै  मुसलमान समुदायको अधिकार र पहिचान संस्थागत गर्न आफ्नो पार्टी निरन्तर लागिरहने बताएका छन् | बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ |

Comments

comments