एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब लेस्टर सिटीका मालिकको हेलिकप्टर उडे लगत्तै दुर्घटनाग्रस्त भएको छ ।

प्रिमियर लिग अन्तर्गत आफ्नो क्लब लेस्टरले घरेलु मैदानमा किङ्ग पावरमा वेष्ट ह्यामसँग खेलेको खेलपछि मालिक विचाई श्रीवादधानप्रभाको हेलिकप्टर उडेको थियो ।

हेलिकप्टर उडे लगत्तै दुर्घटनामा परेको र त्यो बेला हेलिकप्टरमा विचाई रहे–नरहेको बारे केही खुलेको छैन । हेलिकप्टर क्लबको रंगशालामा रहेको कार पार्कमा दुर्घटनाग्रस्त भएको हो ।
हेलिकप्टर दुर्घटना लगत्तै लेस्टरका गोलरक्षक क्यास्पर स्माइकल घटनास्थलतर्फ दौडिएको एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

खेलमा लेस्टर १–१ को बराबरीमा रोकिएको थियो र खेल सकिएको एक घण्टापछि हेलिकप्टर उडेको थियो । लेस्टरले सन् २०१६ मा प्रिमियर लिगको उपाधि जितेको थियो ।

Comments

comments