काठमाडौं । अष्ट्रेलियासँगको तीन टी(२० क्रिकेट श्रृंखला खेलि रहेको पाकिस्तानले एक खेल अगावै सिरिज जितेको छ । पहिलो खेल ६६ रनले विजय भएको पाकिस्तान शुक्रबार राती भएको दोस्रो खेलमा अष्ट्रेलियामाथि ११ रनले विजय हुँदै श्रृंखला २(० ले कब्जा गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र नाथन कुल्टन नाईलले राम्रो ब्याटिङ गरेपनि ओपनर सामान्य लक्ष्य पुरा गर्न सकेनन् । आक्रमक ब्याटङ गरेका म्याक्सवेलले ३७ बलमा ४ चौका र दुइ छक्का प्रहार गर्दै ५२ रन बनाए ।

त्यस्तै नाथन कुल्टनले १७ बलमा ३ छक्का प्रहार गर्दै २७ रन बनाए । मिचेल मार्शले २१ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटम्यानले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानका लागी सादब खान र साहिन अफ्रिदीले समान २ विकेट लिदा इमाद वासिम र मोहम्मद हफिजले पनि समान एक एक विकेट लिए ।

यसअघि पाकिस्तानले ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । उस्का लागि बाबर आजम ४५, हफिज ४०, फहिम असरार्फ १७ र फकार जमान ११ ले रन जोडेका थिए । अष्ट्रेलियाका लागि नाथन कुल्टनले ३ तथा बीलि स्टेनलेकले २ विकेट लिएका थिए । तेस्रो तथा अन्तिम खेल आगमी अक्टोबर २८ मा हुने छ ।

Comments

comments