मेलबर्न । अष्ट्रेलियाको मेलबर्नको प्रतिष्ठित क्रिकेट प्रतियोगिता रेनेगेड्स च्याम्पियन्स ट्रफी आईतबार २८ अक्टोबरबाट सुरु हुँदैछ ।

मेलबर्नमा रहेका विभिन्न क्रिकेट खेल्ने राष्ट्रका टोलीहरुबीचको यो प्रतियोगितामा नेपाली टिमको खेल आईतबार विहान ९ बजे हुँदैछ । प्रतियोगितामा यसपटक नेपाल सहित सात टिम सहभागी हुँदैछन् । टिम नेपालको नेतृत्व सुनम गौतमले गर्दैछन् भने अन्य सदस्यहरुमा किरण कँडेल, विकेश श्रेष्ठ, अविनाश पौडेल, चाँद श्रेष्ठ, दिपेन रायमाझी, सुसन गुरुङ, रोशन पौडेल, कुशल तुलाधर, आशिष जिसी, निरज श्रेष्ठ, राजकुमार गुरुङ, रशिम कँडेल, नवीन डाँगी, सजेन्द्र श्रेष्ठ, सन्दोग दाहाल, सुनीत थापा, सुरज थापा रहेका छन् । नेपाल टिमको मेनेजर प्रयास सुवेदी हुन् भने कोच अशिम सुवेदी रहेका छन् ।

टी २० फम्र्याटमा खेलाइने प्रतियोगितामा नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत र अफगानिस्तानका टिमहरु सहभागी छन् । रेनेगेड्स सिईओ स्टुअर्ट कोभेन्ट्रीका अनुसार आईतबार नेपाल अष्ट्रेलियाको आदिवासी एबोरोजीनल एण्ड टोरेस स्ट्रेट आईल्याण्डर टिमसँग पार्कभिलको र्यान्सफोर्ड ओभलमा भिड्नेछ । यस्तै ९ बजे नै बंगलादेशले भारतको सामना गर्नेछ भने अर्को खेलमा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ । १२ बजे उद्घाटन समारोह आयोजना गर्ने तयारी छ । आईतबार २८ अक्टोबरका दिन १ बजे भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने एक बजे नै एटीएसआईसँग पाकिस्तानको पनि खेल हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments