दक्षिणी जापानमा आएको सामुद्रिक आंधी ताइफुनले  ओकिनावा र क्युसु क्षेत्र प्रभावित भएको छ | आँधीका कारण क्युसु टापूमा धेरै मानिस घाइते भएका छन् | ९० किलोमिटर प्रति घण्टाको गतिमा अघि बढेको ताइफुनले  मध्य जापानको सुजुकामा फ्रेन्च फर्मुला वानका चालक गम्भीर घाइते भएका छन् | जापानी सामुद्रिक किनारमा खटिएका सुरक्षाकर्मिको  भनाईलाई उल्लेख गर्दै अन्तराष्ट्रिय सन्चार माध्यमले जनाए अनुसार अहिले सम्म आंधीका कारण १ जना अमेरिकी हवाई चालकको ज्यान गएको छ भने अन्य २ बेपत्ता छन् | जापानको उत्तरी सामुद्रिक तटमा रहेका अमेरिकी एअर फोर्समा कार्यरत उनीहरु आँधीको चपेटामा परेका हुन् | जापानको ओकिनावामा मात्रै  २५ हजारको संख्यामा  अमेरकि  सैन्य अखडा छ | त्यसो त जापानको सामुद्रिक तटमा  ५० हजार अमेरिकी सेना तैनाथ छन् |

सामुद्रिक आँधीका कारण क्युसुमा झन्डै १० हजार घरहरुमा बिद्युत आपूर्ति बन्द भएको छ | सोमबार  ६०० भन्द बढी अन्तरिक उडान रद्द गरिएका छन् | सेप्टेम्बर २७ मा बह्येको ज्वालामुखी बाट आक्रान्त बनेको मध्ये जापानमा आंधी पछिको बर्षाका कारण पहिरो जाने खतरा निकै बढेको अधिकारीहरुले सचेत गराएका छन् | ज्वालामुखी बिस्फोटनमा पारेर ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ भने अझै १२ जना हाइकर्स बेपत्ता छन् | आंधीकै कारण उनीहरुको खोजि समेत स्थगन भएको छ |

तीब्र हुरीबतास र वर्षा सहित आएको ताइफुन सानो टापु रोटा हुँदै अघि बढ्ने अनुमान गरिएको छ | जहाँ २५ सय मानिसहरुको बसोबास छ | मानिसहरुलाई स्थानीय सरकारी अधिकारीहरुले  कच्ची घरहरुमा नबस्न र पक्कि विद्यालय भवन हरु लाई आश्रय स्थलको रुपमा प्रयोग गर्न भनेको छ | कतिपय टापुहरूमा सोमबारका लागि कार्यालय र व्यापार ब्यबसाय बन्द गरिने सुचना जारी गरिएको छ | ( एजेन्सी)

Please follow and like us:

Comments