मेलबर्न । सनसाइन स्टेटले आफ्नो अकुपेशन लिस्टबाट इञ्जिनियरिङ्ग पेशा हटाएको छ । क्विन्सल्याण्डको माइग्रेसन वेबसाइटमा बुधबार सुचना प्रकाशित गरि राज्य सरकारले सो जानकारी गराएको छ ।

उक्त सुचनामा EOI धेरै भएकोले ती पेशा हटाइएको उल्लेख गरिएको छ । ती पेशामा सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र मेकानिकल इन्जिनियर रहेका छन् । २४ अक्टोबर २०१८ देखि ती पेशा क्विन्सल्याण्ड स्किल्ड अकुपेसन लिस्टबाट हटाइएको छ ।

यी तीन पेशाको लागि अब क्विन्सल्याण्डबाट इन्भिटेसन पाइने छैन । अहिले इन्भिटेसन पाएका व्यक्तिले प्रक्रिया अगाडी नबढाएमा मात्र त्यो ठाउँमा नयाँ व्यक्तिले इन्भिटेसन पाउनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments