काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले अध्यागमन सुधार्न विभागका कर्मचारीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री थापाले शुक्रबार अध्यागमन कार्यालय अनुगमन गर्दै त्यसलाई थप व्यवस्थित बनाउन सुझाव दिनु भएको हो ।

‘विदेशीहरु नेपाल टेक्ने बित्तिकै उनीहरुको फस्ट इम्प्रेशन यहीबाट शुरू हुन्छ’ उहाँले भन्नुभभयो, ‘त्यस कारण यहाँको एक्स्पीरियन्स महत्वपूर्ण हुन्छ । पहिलो अनुभवनै नराम्रो भयो भने उ फेरि नेपाल आउँदैन । साथीहरुलाई पनि नजान सुझाव दिन्छ । तर अनुभव राम्रो भयो भने उ पनि दोहोरिएर आउँछ र अरुलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन्ग गरेर तपाईहरुले काम गर्नुहोस् ।’

विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएको उल्लेख गदै त्यसलाई गम्भीर रुपमा लिएर निष्ठापूर्वक काम गर्नुपर्नेमा बताउनु भयो । ‘यहाँ काम गर्ने कर्मचारीको मुख्य ३ जिम्मेवारी छ’ उहाँले भन्नुभयो, ‘पहिलो राष्ट्रिय सुरक्षा । दोस्रो देशको अर्थतन्त्रको विकास र तेस्रो मुलुकको सभ्यता, सस्कृतिलाई स्थापित गर्ने । यी ३ जिम्मेवारी कर्मचारीले पालना गर्नैपर्छ ।’

गृहमन्त्री थापाले आगामी वर्षलाई अध्यागमन वर्षको रुपमा मनाउने प्रस्ताव आएको जानकारी गराउनुभयो । निरीक्षणमा गृहसचिव प्रेमकुमार राईले अध्यागमनका लागि आवश्यक स्रोत, साधनमा कमी हुन नदिइने प्रतिवद्धता व्यक्त गर्र्दै थप व्यवस्थित बनाउन निर्देशन दिनुभयो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरीराज पौडेलले अध्यागमनमा नयाँ सफ्टवेयर जडान कार्य अघि बढिसकेको जानकारी गराउनुभयाे । उहाँले महिनाभित्र अध्यागमन प्रणालीलाई आधुनिक बनाइने प्रतिवद्धता जनाउनुभयो । गृहमन्त्री थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको अनुगमन निरीक्षण गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments