सिड्नी । अष्ट्रेलियामा हिन्दु परिषदको आयोजनामा दीपावली तथा राम सिता उत्सव कार्यक्रमको भव्य तयारि सुरु भएको छ । हिन्दु परिषद स्थापनाको बीस वर्ष पुगेको उपलक्ष्यमा कार्यक्रमलाई विशेष बनाउनको लागि अष्ट्रेलियन हिन्दु परिषद जुटेको छ ।

कार्यक्रममा नेपालको राम जानकी मन्दिरमा जस्तै राम सिताको विवाह उत्सव मनाइनेछ । उक्त विवाह उत्सवमा भारतीय समुदाय जन्ती बन्नेछ भने नेपाली समुदायले सिताको माइतीको रुपमा जन्तीलाई स्वागत गर्नेछन् । झिलीमिली बत्ति तथा उमंगको चाड तिहारमा राम सिताको विवाह उत्सवले झन् रौनक थप्ने भन्दै कार्यक्रमको लागि सबैजना उत्साहित रहेको अष्ट्रेलियाको नेपाली हिन्दू समाजका कोषाध्यक्ष पण्डित प्रकाश ढोडारी बताउंछन् ।

उक्त विवाहउत्सवमा २५ हजार भन्दा बढीको सहभागिता हुने आयोजकले अपेक्षा गरेका छन् । विभिन्न परिकार तथा मनोरन्जनात्मक कार्यक्रमहरु समेत रहने यो दीपावली तथा विवाह महोत्सव सिड्नीको प्यारामट्टा पार्कमा नोभेम्बर ३ र ४ तारिख विहान ११ बजेदेखि राति ९ बजेसम्म हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments