एजेन्सी । गूगल कम्पनीले आफ्ना १३ जना वरिष्ठ म्यानेजर सहित कुल ४८ जना कर्मचारीलाई जागिरबाट निकालेको छ । उनीहरु सबैलाई पछिल्ला दुईवर्ष यता यौन उत्पीडन गरेको आरोप लागेको थियो ।

गूगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचईले जागिरबाट हटाईएका आफ्ना कर्मचारीहरुको नाम उल्लेख गरेको एक पत्रमा लेखेका छन कि कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेपछि यो कडा फैसला लिएको छ ।

यो पत्र न्यूयोर्क टाइम्सको एक रिपोर्टको जवाफमा लेखिएको हो जसमा भनिएको थियो कि एन्ड्रॉयड निर्माता एन्डी रुबिनलाई उनीमाथि लागेको यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर विदा गरियो ।

सुन्दर पिचईले आफ्नो पत्रमा लेखेका छन् ‘न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्नु अत्यन्त कष्टकर छ र गूगल यस्ता घटनामा गम्भीर छ । गूगल आफ्ना कर्मचारीहरुलाई सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर छ ।’

उनले भनेका छन्, ‘हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि हामीले यौन उत्पीडनको आरोप लागेका सबै कर्मचारीहरुमाथि अनुसन्धान गरेका छौँ र त्यसपछि जागिरबाट हटाउने फैसला लिएका हौँ ।’

Comments