काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका तत्कालिन एसपी डिल्लिराज बिष्टले बुधबार स्पष्टिकरण बुझाउनु भएको छ ।

विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ । प्रहरी स्रोतका अनुसार एसपी विष्टले बुझाएको स्पष्टीकरण जस्ताको तस्तै गृहमा पठाइएको छ ।

स्रोतका अनुसार स्पष्टीकरणमा एसपी विष्टले आफूले पन्त हत्या अनुसन्धानमा लापरवाही नगरेको दाबी गर्नुभएको छ । १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा लापरवाही गरेको भन्दै गृहले किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको थियो ।

छानबिन समितिको प्रतिवेदनले समेत प्रहरीको लापरवाही देखाएपछि विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधिएको हो । स्रोतका अनुसार चित्तबुझ्दो जवाफ नआए बर्खास्त गर्ने गृहको तयारी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments