काठमाडौं । रुद्राक्षलाई पवित्रताको दृष्टिकोणले हेरिन्छ । यो नेपालमा प्रशस्त मात्रामा पाइन्छ र आध्यात्मिक हिसाबले पनि धेरैले यसलाई आफ्नो घर भित्र राख्ने गर्छन् । संसारको जुनसुकै देशको मान्छेले पनि रुद्राक्षको उपयोगिता थाहा पायो भने आफूसंग राख्ने गर्छ । त्यसैले पनि रुद्राक्ष निकै महँगो छ ।

रुद्राक्ष पवित्रता मात्र नभएर सकारात्मक ऊर्जाको स्रोत पनि हो । मनमा अशान्ती, तानव हुन्छ, दिमागमा नकारात्मक सोंच आउंछ भने रुद्राक्ष लगाउनाले त्यो नकारात्मक सोंच, अशान्ती, तनाव विस्तारै हराउंदै जान्छ । पहिले पहिले मानिसहरुले सही र बेठीक, राम्रो र नराम्रो आदि जाँच्नको लागि पनि रुद्राक्षको प्रयोग गर्थे ।

रुद्राक्षलाई यदि सकारात्मक, राम्रो र सही ठाउँमा लैजाने हो भने रुद्राक्षको माला घडी घुम्ने दिशा तिर घुम्छ । तर यसी नकारत्मक, नराम्रो र बेठीक ठाउँमा लाग्यौं भने, रुद्राक्षको माला घडी घुम्ने दिशाको विपरित दिशा तिर घुम्छ । यो जानकारीलाई आफैले परिक्षण गरेर हेर्न पनि सकिन्छ। रुद्राक्षमा पनि एक मुखे रुद्राक्षलाई विशेष मानिन्छ । एक मुखे रुद्राक्ष गुरुत्वाकर्षणको पनि विपरित जाने बताइन्छ ।

Comments

comments