काठमाडौं । ‘रामकहानी’ पछि निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ बनाउँदै छन् । यो म्युजिकल लभ स्टोरी फिल्मबाट रजतपटमा नयाँ हिरो डेव्यु गर्दैछन् । ‘सम्हालिन्छ कहिले मन’ मा पूजाको अपोजिटमा सोनम तोप्देन रहने पक्का भएको छ ।

सोनम चर्चित युटुवर हुन । सोनमले गाएको बलिउड फिल्म ‘जब ह्यारी मेट सेजल’ को ‘हवाए’ गीतलाई करिब ३७ लाख बढीले हेरेका छन् । उनको स्वरमा लठ्ठीने फ्यान धेरै छन् । उनले नेपाली, हिन्दी र अंग्रेजी गीतका थुप्रै कभर गीत गाएका छन् ।

सोनमसँगै फिल्ममा अर्का एक नायक रहनेछन् । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’बाट सापटी लिइएको फिल्मको यतिबेला गीत रेकर्डिंग भैरहेको छ । संगीत अर्जुन पोखरेलले सृजना गरिरहेका छन् । प्रि–प्रोडक्सनको कार्य सकेर फिल्मको पुष या माघबाट छायांकन सुरु हुनेछ ।

‘प्रेम गीत’ पछि चम्किएकी पूजा फिल्म नै पिच्छे नायक परिवर्तन गर्दै आइरहेकी छन् । पूजाको केमेस्ट्री प्रदीप खड्का, पल शाह र आकाश श्रेष्ठसँग गज्ज्बको मिलेको छ । अब सोनमसँग चाँहि कत्तिको केमेस्ट्री मिल्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments