काठमाडौं । आश्विन शुक्लपूर्णिमा दुर्गापक्षको अन्तिम दिन हो । यस दिन बाँकी रहेका व्यक्तिबाट टीकाप्रसाद ग्रहण गरी यसलाई पूर्ण गरिन्छ । टीकाटालोको क्रम सकिएपछि घटस्थापनाका दिन दशैंघरमा राखिएका सारा सामग्री अवशेष पानीपँधेरा तथा जलघाटमा लगेर सेलाइन्छ ।

यसै दिनदेखि महान् पर्व सकिएर अर्को ठूलो पर्व तिहार थालिन्छ । कोजाग्रत पूर्णिमाको रातमा आकशदीप बाली दीपावलीको शुरुवात गरिन्छ । शारदीय रातमा हिमाली देश नेपालको भूमिबाट आकाशका तार राम्ररी नियाल्न सकिने हुँदा जगतलाई यसतर्फ आकर्षित गर्न आकाशदीप बाली पर्व मनाइन्छ । आकाशतिर हेर्नाले जगतको संकीर्णता हट्ने र खुला उदार मन हुने स्वभावको विकास हुन्छ ।

यसै दिनदेखि सम्पन्नता वा धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । यस पूर्णिमाको रातमा देवीभक्तिमा को जागै छ वा जाग्रत छ भनेर वैकुण्ठबाट महालक्ष्मी लोकमा आउने विश्वास गरिन्छ । महालक्ष्मीले संसारमा को जाग्रत छ ? भनेर हेर्ने हुनाले यसपूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिएको हो ।

कोजाग्रत पूर्णिमाको रातमा भजनकीर्तन,नृत्य गरेर रातभर जाग्राम बस्ने चलन छ । यस दिनमा कास्कीकोट तथा अर्खाखाँचीमा सराय नाच देखाउने चलन छ । यो हतियारको शान र वीर गोर्खालीको शूर वीरताको प्रदर्शन पनि हो । युद्ध वा समर जितेको अभिनयसहित हातमा खड्ग लिई नचाउँदै देवीमन्दिर वरिपरि परिक्रमा नाचलाई सराय नाच भनिन्छ । कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक बिदा दिइन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments