मेलबर्न । अष्ट्रेलियाली क्रिकेटका पूर्व कप्तान माइकल क्लार्कले नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेको सफलताले आफूलाई गर्वान्वित तुल्याएको बताएका छन् ।

अष्ट्रेलियाको लिग बिग बासमा सन्दीप अनुबन्धित भएपछि सामाजिक सञ्जाल ट्वीटर मार्फत क्लार्कले यस्तो बताएका हुन् । अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको सफलताले आफुलाई गौरवन्दित तुल्याएको बताएका छन । लेग स्पिनर सन्दीप अष्ट्रेलियाको बिग बासु क्रिकेट लिगमा अनुबन्धित भएपछि सामाजिक संजालबाट क्लार्कले आफुलाई गर्व महसुस भएको बताएका हुन ।

सन्दीपले मेलबर्न स्टार्सबाट यस सिजनको बिग बासु खेल्ने छन । डिसेम्बर १९ बाट सुरु हुने लिगका लागि क्लबले सन्दीपलाई सोमबार अनुबन्ध गरेको थियो । सन्दीप डिसेम्बर १० मा टिममा सामेल हुनेछन । सन्दीप लामिछाने बिग बासु लिग खेल्ने एसोसियट राष्ट्रको पहिलो खेलाडी समेत बनेका छन् । विश्वकप विजेता अष्ट्रेलियाका पूर्व कप्तान क्लार्कले सन्दीपलाई मेन्सन गर्दै ट्वीटरबाट लेखेका छन, लिटल च्याम्पियनबाट मलाई निकै गर्व छ । सपना सत्य हुन्छन जब तिमी पछाडि बन्द गरेर काम गर्छौ ।

१८ बर्षिय सन्दीपको क्रिकेट उडानमा क्लार्कको हात महत्वपूर्ण रहेको मानिन्छ । क्लार्क र सन्दीपको भेट सन २०१७ मा हङकङ टी–२० ब्लिट्ज क्रिकेट प्रतियोगिताको दौरान भएको थियो । जहाँ सन्दीप क्लार्कको कप्तानीमा मैदान उत्रिएका थिए । प्रतियोगिताको दौरान सन्दीपको खेल कौशलबाट प्रभावित भएर क्लार्कले आफ्नो एकेडमीमा प्रशिक्षणको लागि बोलाएका थिए । त्यसपछि सन्दीपले क्लार्कको क्रिकेट एकेडमीमा प्रशिक्षण गर्नुका साथै क्लार्कको क्लब वेष्ट्रन सववर्स डिस्ट्रिक क्लबबाट २०१६–१७ को सिजनको प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए ।

Comments

comments