काठमाडौं । चीनले संसारको सबैभन्दा लामो पुल बनाएको छ । पुलको मंगलबार उद्घाटन गरेपछि सवारीसाधनहरुको बुधबार खोलिने छ । समुन्द्रमाथी बनेको यो पुलको लम्बाई ५५ किलोमिटर लामो छ । पुलले हङकङ र कमाउको साथमा चीनको झुहाई शहरलाई पनि जोडेको छ ।

पुलको योजना बनाउन ६ बर्ष र काम सम्पन्न गर्न ८ बर्ष लागेको चीनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ । ४ लाख टन फलामको प्रयोग गरेर बनाईएको पुल बनाउने क्रममा १८ जना मजदुरको मृत्यु भएको थियो । पुल भुकम्पीय र सामुन्द्रिक दृष्टिकोणले सुरक्षित रहेको समाचारमा उल्लेख छ ।

समुद्री जहाजको रुटमा परिवर्तन गर्न नपसोस् भनी पुल मुनि एक अन्डरग्राउण्ड सुरुङ पनि खनिएको छ । यसका साथै समुन्द्रको बीचमा ६ सय २५ मीटर क्षेत्रफलको एक टापु पनि बनाईएको छ । जसको मद्धतबाट पुल बनाउनको लागि एकदमै सहज भएको थियो । पुल बनाउन २० अर्ब अमेरिकी डलर खर्च भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments