काठमाडौं । सुन्दर अनुहारको लागि सुन्दर आँखा संगै सुन्दर ओठ हुनु आवश्यक हुन्छ । सुन्दर ओठको लागि सौन्दर्य सामग्रीको रुपमा लिपिस्टिकको प्रयोग गरिन्छ ।

लिपिस्टिकको प्रयोग गर्दा कहिले आफूले चाहे जस्तो रंग पाउन सकिन्न भने कहिले चमक मिल्दैन । त्यस्तै, लिपिस्टिक लगाउँदा ओठको आकार नमिल्न पनि सक्छ भने कहिले लिपिस्टिक पुछ्दा सही तरिका नअपनाएका कारण ओठ सुक्खा हुन्छ । तर, थोरै मात्र ध्यान पुर्याउन सक्ने हो भने, यी सबै समस्या समाधान हुन सक्छन् ।

लिपिस्टिक पुछ्दा सधै लिप बाम लगाएर पुछ्नुपर्छ । यसो गर्दा ओठ सुक्खा हुँदैन । यदि आफूले चाहेको लिपिस्टिकको रंग पाइएको छैन भने, दुईवटा लिपिस्टिकलाई मिलाएर लगाउँदा नयाँ रंग निकाल्न सकिन्छ।

थप जानकारीको लागि भिडियो हेर्नुहोस् :

Comments

comments