मेलबर्न । यस वर्षको दशैं तिहार पर्वलाई विशेष बनाउनको लागि चितवन समाज भिक्टोरियाले भव्य क्रुज पार्टीको आयोजना गरेको छ। मेट्रो एजुकेशनले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रममा नेपालीहरुले उत्साहित भइ अधिकांश टिकट बुकिङ्ग गरिसकेका छन् ।

दशैं तिहार क्रुज पार्टी २०१८ मा चार घण्टाको समुद्री यात्रा, फोटोग्राफी, लाइभ डिजे, नेपाली खाना लगायतका आकर्षण रहेको आयोजकले बताएका छन् । कार्यक्रम आगामी आइतबार अर्थात २८ अक्टोबरमा बेलुका ४:३० बजे देखि सुरु हुनेछ ।

Dock 9 , Central Pier , Docklands मा हुने उक्त कार्यक्रममा सहभागी हुनको लागि ६० डलर शुल्कको टिकट लिनुपर्नेछ । १० वर्ष मुनिका बच्चाहरुको लागि भने टिकट शुल्क ३० डलर रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments