काठमाडौं । दीपिका पादुकोण र रणवीर सिंह पछि कमेडियन कपिल शर्माले पनि बिवाहको मिति सार्वजनिक गरेका छन् । कपिलले १२ डिसेम्बर गिन्नी चतरथको जन्मघर जालन्धरमा विबाह गर्ने बताएका छन् ।

गिन्नी परिवारकी एक्ली छोरी हुन् । कपिलका अनुसार उनकी आमा र गिन्नी परिवार भब्यताका साथ विबाह गर्न चाहन्छन् । त्यस कारण विबाह भब्यताका साथ गर्ने कपिलले बताएका छन् । रिसेप्शन १४ डिसेम्बरको दिन हुने पनि बताईएको छ । गिन्नी र कपिलको रिलेशनशिपलाई २०१३ मा सार्वजनिक गरेका थिए । तर पनि खासै नोटिस भने भएका थिएनन् ।

उनीहरुबीच एक अर्कालाई कलेज पढ्दा देखि नै चिनजान थियो । कलेजका कार्यक्रममा दुवैले सहभागिता जनाउने गर्थे । गिन्नी कपिल संगै पन्जावी कमेडी शो हन्सवलिएमा देखिएकी थिइन् । त्यसै बेला देखि उनीहरुको अफेयर चलेको भारतीय सञ्चारमाध्यमले लेखेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments