कपिलवस्तु । कृष्णनगरमा सोमबारदेखि फेरि अनिश्चितकालिन कर्फ्यू लगेको छ ।

दुर्गा भवानीको मूर्ति विसर्जन गर्ने क्रममा भएको झडपले उग्ररुप लिएपछि प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाएको थियो ।

सोमबार बिहान हटाइएको कर्फ्यू बेलुका फेरि लगाइएको हो । प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बजार क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न ५ बजेदेखि कर्फ्यू लगाएको जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments