काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा मेलिना मानन्धर सुन्दर नायिकाको रुपमा चिनिन्छीन् । विवाह पछि पनि चलचित्र क्षेत्रमा सक्रिय भएकी उनी सन्तान जन्मिएपछि भने चलचित्र क्षेत्रबाट केही टाढा रहीन् । अभिनेत्री मेलिना मानन्धरले अभिनेता मुकेश ढकालसंग विवाह गरेकी हुन् ।

एउटा चलचित्रमा संगै काम गर्ने भएपछि मेलिना र मुकेशको चिनाजान भएको थियो । चलचित्रको छायांकनको क्रममा संगै समय बिताउने, संगै सुटिंग स्थलमा जाने आउने गर्दा गर्दै उनीहरु बीच भावनात्मक सम्बन्ध गाँसिएको थियो । चलचित्रको छायांकन सकिएपछि छुट्टीएर बस्दा आफूहरुलाई प्रेमको महसुस भएको उनीहरु बताउँछन् । प्रेम सम्बन्ध पछि उनीहरुले विवाह गरेका थिए । उनीहरुको एउटा छोरी छिन् ।

मुकेश ढकाल हाल अमेरिकामा बस्छन् । नेपालमा आफूले सुरुवात गरेको काम सोंचे जस्तो सफल नभएपछि विदेश जाने निर्णयमा पुगेर विगत तीन वर्ष देखि अमेरिकामा बस्न थालेको उनी बताउँछन् । श्रीमान अमेरिकामा भएपनि मेलिना भने नेपालमै छिन् । छोरीको पढाइ बीचमा डिस्टर्ब नहोस भनेर केही समय नेपालमै बस्ने उनको सोंच रहेको छ । धेरै जसो पुराना नेपाली कलाकारहरु अमेरिकामा वरिपरि रहेको र परिवारसंग पनि हरेक दिन भिडियो कल हुने हुँदा आफूलाई त्यति धेरै एक्लो महसुस नहुने मुकेश बताउँछन् ।

भिडियो :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments